प्रथमपटक प्रकाशित मिति: २०८१/२/४
जिल्ला झापा भद्रपुर–१० बस्ने स्व. प्रदिप चापागाईं (सदस्य नं. ८४१७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल चैत ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–१० बस्ने निजका श्रीमती बिमला चापागाईंले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल वैशाख २४ गते निवेदन दिई हकदावी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चन्द्रगढी कार्यालय