२०८१ मंसिर १५, शनिवार , ०१:५५:३९ बजे

Sajhamanch
'

सुपारीसम्बन्धी समस्या समाधान गर्न कोशीका कृषिमन्त्रीलाई संघले गर्यो आग्रह

सोमवार, जेठ २८, २०८१

झापा । सुपारी उत्पादक किसान संघ नेपालले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रीसमक्ष नेपालमा उत्पादित सुपारीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

संघको केन्द्रीय कार्यसमितिले नेपालमा सुपारी खेतीको अवस्था, विद्यमान समस्या र समाधानका उपायबारे सुझाउँदै हालै कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष नीलकण्ठ तिवारी र सचिव मुक्तिनाथ गौतमद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रको बोधार्थ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमालेका झापा अध्यक्ष प्रेम गिरीलाई बुझाइएको छ ।