२०८१ चैत ३, आइतवार , ०२:२८:५५ बजे

Sajhamanch
'

चोरीको गाडीसहित युवक पक्राउ

सोमवार, जेठ २८, २०८१

दाङ । बाँकेमा चोरीको गाडीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४ का ललित मल्ल छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा चेकजाँचका क्रममा प्रहरीले २६ गते मल्ललाई गाडीसहित पक्राउ गरेको थियो।

अनुसन्धानबाट गाडी चोरीको भन्ने खुलेपछि थप कारबाहीका लागि भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

सोमवार, जेठ २८, २०८१ | अपराध, समाज

सम्बन्धित खबर