२०८१ मंसिर १२, बुधवार , ०८:४९:३७ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी संस्थाको चुनावः १४ सय मत गन्दा अध्यक्षमा बुढाथोकी आचार्यभन्दा २८ मतले अघि

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका उम्मेद्वार रोहित बुढाथोकी निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यभन्दा २८ मतले अघि छन् ।

१ हजार ४०० मतपत्र गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक प्यानलका उम्मेद्वार बुढाथोकीले ५६९ मत ल्याए भने उनलाई पछ्याइरहेका प्रगतिशील समाजवादी प्यानलका आचार्यले ५४१ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र खानेपानी उपभोक्ता समूहबाट सोही पदका उम्मेद्वार सुदर्शन खड्कालाई १०६ मत प्राप्त भएको छ । उनी आचार्यभन्दा ४३५ मतले पछाडि छन् ।

यसैगरी, प्रगतिशील समाजवादी प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोविन्द गिरीले ६६२, प्रगतिशील लोकतान्त्रिकबाट उपाध्यक्षका उम्मेद्वार राजकुमार दाहालले ३६६ र स्वतन्त्र खानेपानी उपभोक्ता समूहबाट उपाध्यक्षका उम्मेद्वार कृष्ण सुवेदीले १७८ मत पाएका छन् ।

यस्तै, सचिवतर्फ लोकतान्त्रिकका विशाल तामाङले ५३२, समाजवादीका दिलिपजंग सुब्बाले ४७५ र स्वतन्त्रका नरेन्द्र शिवाकोटीले १८४ मत ल्याएका छन् ।

यता, कोषाध्यक्षतर्फ समाजवादीकी विमला तामाङले ६१३, लोकतान्त्रिककी विमला देवकोटाले ४४३ र स्वतन्त्रकी सुधादेवी खड्काले १११ मत प्राप्त गरेका निर्वाचन समिति सदस्य दीपक पोखरेलले बताए ।

सम्बन्धित खबर