२०८१ मंसिर १२, बुधवार , ०९:२०:४७ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी निर्वाचनको प्रारम्भिक मत परिणामः २०० मतपत्र गणना, अध्यक्षतर्फ बुढाथोकी अगाडि

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

२०० मतपत्र गणना हुँदा अध्यक्षका उम्मेद्वारहरु प्रगतिशील लोकतान्त्रिक प्यानलका रोहित बुढाथोकीको ९४, प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यको ७६ र स्वतन्त्र खानेपानी उपभोक्ता समूहका सुदर्शन खड्काको मत १६ छ ।

त्यस्तै, उपाध्यक्षका उम्मेद्वारहरुतर्फ गोविन्द गिरीको १०३, कृष्णबहादुर सुवेदीको २० र राजकुमार दाहालको ५४ मत छ । सचिवतर्फ विशाल तामाङको ७९, दिलिपजंग सुब्बाको ६३ र नरेन्द्र शिवाकोटीको  मत ३० छ ।

यसैगरी, कोषाध्यक्षमा विमला तामाङको ९०, विमला देवकोटाको ७० र सुधादेवी खड्काको  मत १७ रहेको छ ।

सम्बन्धित खबर