काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ । धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।