२०८१ पौष २६, शुक्रवार , ०२:५५:४३ बजे

Sajhamanch
'

कोशेली अचार उद्योगलाई ड्रम र मेशिन हस्तान्तरण

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको कोशेली अचार उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ ।

गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौलिने मेशिन हस्तान्तरण गरेको हो । उक्त सामग्री नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्योगका अध्यक्ष शान्ता रिजाल लगायतलाई हस्तान्तरण गरेकी हुन् ।

३०० लिटर क्षमताका ५ वटा र ५०० लिटर क्षमताका २ वटा गरी ७ वटा प्लाष्टिकका ड्रम र १ थान तौल मेशिन हस्तान्तरण गरिएको हो ।

ती सामग्री हस्तान्तरणपछि नगरप्रमुख प्रसाईंले उद्यमी महिलाहरुले सञ्चालन गरेको सो उद्योगलाई अझ व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताइन् ।

उक्त कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता शिवा लगायत महिला उद्यमीहरु सहभागी थिए । कोशेली अचार उद्योग स्थानीय ६ जना महिलाहरुले सञ्चालन गर्दै आएका छन् ।

सो उद्योगमा आँप, कागती, अकबरे खुर्सानी, अचार पेष्ट लगायतको अचार उत्पादन गर्ने गरिएको छ ।

शुक्रवार, जेठ २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर