२०८१ पौष २६, शुक्रवार , ०३:३४:५६ बजे

Sajhamanch
'

झापा कारागारका ९ जना कैदी बन्दी रिहा

बुधवार, जेठ २३, २०८१

भद्रपुर । अदालतले तोकेको धरौटी रकम समेत तिर्न नसकेर जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका ९ जना कैदी बन्दी रिहा भएका छन् ।

सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर कारागारमा कैदी जीवन बिताइरहेका ९ जना कैदी बन्दीलाई समाजसेवी दिनबन्धु गोयलले धरौटी रकम जम्मा गरेर कैद मुक्त गराएका हुन् ।

विभिन्न अभियोग लागेर अदालतले बिगो बापतको रकम बुझाउन आदेश दिए पनि सो बापतको तिर्न नसकेका कैदीहरुलाई सामान्य धरौटीमा काराबास बस्नुपर्ने बाध्यताबाट मुक्त गर्न रकम भुक्तान गरिदिएको गोयलले बताए ।

जिल्ला कारागारमा बुधवार भएको कार्यक्रममा ५ हजारदेखि २० हजार रुपैयाँसम्म धरौटी तिर्न नसकेका कैदीहरुलाई कूल ९१ हजार भुक्तानी गरी रिहा गरिएको जनाइएको छ ।

सो कार्यक्रममा अधिवक्ता सुरज खत्री, वैतनिक अधिवक्ता तारा बाराकोटी, उद्योगीहरु विनय गोयल, दिपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर