२०८१ पौष २६, शुक्रवार , १०:५२:५३ बजे

Sajhamanch
'

गुह्येश्वरी संस्थाको अग्रसरतामा बिरुवा रोपेर मनाइयो विश्व वातावरण दिवश

बुधवार, जेठ २३, २०८१

कमल । कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी सामाजिक संस्थाले विश्व वातावरण दिवशको सन्दर्भ पारेर बुधवार वृक्षारोपण कार्यक्रम गरेको छ ।

उक्त संस्थाले स्थानीय संघ–संस्थासँग सहकार्य गरेर सो पालिकाको ५ नम्बर वडा कार्यालय परिसरमा विभिन्न जातका ५ सय वटा बिरुवा रोपिएको आयोजक संस्थाका अध्यक्ष गोपालबहादुर निरौलाले बताए ।

उक्त पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय, स्थानीय विद्यालय, सामाजिक संघ–संस्थाका प्रतिनिधि सहभागी थिए ।

सो अवसरमा प्रमुख अतिथि राईले प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण पारिस्थितिक प्रणाली असन्तुलित बनेको उल्लेख गरे । यसलाई पुनस्र्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधिहरू अघि बढाउन उनले आग्रहसमेत गरे ।

प्रकृतिमुखी जीवनशैलीका लागि पनि वातावरण र प्रकृतिबीचको अनोन्याश्रित सम्बन्धलाई दिगो बनाउन सबैले ध्यान दिनुपर्नेमा अध्यक्ष राईले जोड दिए । यस वर्षका लागि तय गरिएको ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने राष्ट्रिय नाराका साथ बुधवार विश्व वातावरण दिवश मनाइएको छ ।

संयुक्त राष्ट्र संघले जुन ५ लाई विश्व वातावरण दिवश घोषणा गरेसँगै प्रत्येक वर्ष यो दिवश मनाउने गरिएको छ ।

सम्बन्धित खबर