![](https://sajhamanch.com/wp-content/uploads/2024/05/gold-1.webp)
काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कायम भएको छ ।