२०८१ माघ २९, मङ्गलवार , ०७:१४:१४ बजे

Sajhamanch
'

मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रमको प्रक्रिया

बुधवार, जेठ २३, २०८१

बिर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगडि बढाउने उल्लेख छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।