![](https://sajhamanch.com/wp-content/uploads/2024/06/jhapa.jpeg)
झापा । हावाहुरीले झापाको गौरीगञ्जमा व्यापक क्षति पुर्याएको छ । सोमबार साँझ ७ बजे पानीसँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका ४ अल्तामारीमा एक दर्जन घरको छानो उडाएको हो । हावाहुरीले गौरीगञ्ज ४ अल्तामारी बस्ने सम्पतलाल राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै देवेन रायको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८ हजार बराबरको क्षति भएको छ भने मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति पु¥याएको छ ।त्यस्तै प्रसादु राजवंशीको टिनको छाना भएको इँटा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे भुजा मिलको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोही ठाउँका तारालाल ताजपुरियाको टिनको छाना, बाँसको टाटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै काँग्रेस मुखिया टिनको छाना भएको इँटा र सिमेन्टले बनेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८० हजार ,सोमलाल ताजपुरियाको टिनको छाना,बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार , चैतुलाल ताजपुरियाको टिनको छाना, बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार , सोमन राजवंशीको टिनको छाना, बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार , ओमनारायण ताजपुरियाको टिनको छाना, बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी अल्तामारीको टिनको छाना, बाँसको टाटीले सेन्ट्रीबेरा भएको एक कोठाको भान्सा घरको छाना उडाउँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ । हावाहुरीबाट जम्मा ७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीबाट एउटा बिजुलीको पोलसमेत ढलेको जनाइएको छ ।