२०८१ माघ २९, मङ्गलवार , ०८:३६:२४ बजे

Sajhamanch
'

हावाहुरीले झापाको गौरीगञ्जमा आधा दर्जन घरमा क्षति

मङ्गलवार, जेठ २२, २०८१

झापा । सोमबार साँझ पानीसँगै आएको हावाहुरीले झापाको गौरीगञ्जमा करिब आधा दर्जन घरमा क्षति पुर्याएको छ । साँझ ७:१० बजे पानीसँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका ४ आल्तामारीमा क्षति गरेको हो । हावाहुरीले गौरीगञ्ज ४ आल्तामारी बस्ने सम्पतलाल राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै देवेन रायको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८ हजार बराबरको क्षति भएको छ भने मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति पु¥याएको छ ।

त्यस्तै प्रसादु राजवंशीको टिनको छाना भएको इँटा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको बाँसको टाटीले सेन्ट्रीबेरा गरेको एक कोठे भुजा मिलको छाना उडाउँदा अन्दाजी ५० हजार गरी जम्मा ३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीबाट एउटा बिजुलीको पोल ढलेको जनाइएको छ ।

मङ्गलवार, जेठ २२, २०८१ | जिल्ला समाचार, समाज