२०८१ कार्तिक २, शुक्रवार , ०८:१२:४३ बजे

Sajhamanch
'

वडा सचिव कुटपिट गर्ने बजगाई दाजुभाई माथि कार्वाहीको माग राख्दै वडा सचिव हक हित मञ्चले बुझायो ध्यानाकर्षण पत्र

आइतवार, जेठ २०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीका वडा सचिव भट्टराई माथि कुटपिट प्रकरणमा झापा जिल्ला वडा सचिव हक हित मञ्चले दोषिलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन ।

 आज झापा जिल्लाका सचिवहरुको संगठन वडा सचिव हक हित मञ्चले वडा सचिवमाथि कुटपिट गर्ने बजगाँई दाजुभाईलाई कडा भन्दा कडा कार्वाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

राज्यको पहिलो जनताको काम गर्ने निकाय वडा कार्यालयमा सचिवहरु नै असुरक्षित हुँदा काम गर्न कठिन भएको वडा सचिव हक हित मञ्चका सचिव खगेन्द्रबहादुर लिङ्देनले बताए । एउटा राष्ट्रसेवक माथि भौतिक आक्रमण हुनु जघन्य अपराध भएकाले कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय झिलझिले र जिल्ला प्रशासन कार्यालय झापा पनि ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले दोषिमाथि कार्वाही नभए अन्य आन्दोलनका कार्यक्रमहरु घोषण गरिने समेत जानकारी दिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज अनिष बुढाथोकीले सचिव कुटिएको थाहा पाउने वित्तिकै कुटपिट गर्ने दाजुभाईलाई पक्राउ गरी अनुसन्धानको घेरामा राखिएको बताए । उहाँहरुलाई म्याद थप गरी ल्याएका छौं ।प्रहरी थप अनुसन्धानमा लागेको उनको भनाई थियो ।
गएको जेठ १७ गते गएको सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका वडा नं. १ को कार्यालयमा परिसरमा वडा सचिव नन्दीकेशर भट्टराईलाई आफू अनुकूलको कागज तत्काल नमिलाइदिएको भन्दै कुटपिट गरेका गरेका थिए ।

वडा सचिवमाथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाई र उनका दाजु घनश्याम बजगाईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ।

जन्मदर्ता सच्याउनका लागि बजगाई दाजुभाई वडा कार्यालयमा गएका थिए । नौ वर्ष अगाडि बनाएको जन्मदर्तामा बाबुको थरबाट जन्मदर्ता बनेको थियो । उक्त जन्मदर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्ण शम्सेर कुँवरले बनाइदिएका थिए ।

आवेदक बजगाईले अहिले आफ्ना नानीको जन्मदर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दै निवेदन दिएका थिए । बजगाईकी श्रीमती कुईकेल हुन । जन्मदर्तामा कुईकेल थर समावेशका लागि बजगाईले वडा अध्यक्षसमक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङले नियमानुसार जन्मदर्ता सच्याइदिन सचिव भट्टराईलाई तोक आदेश दिएका थिए ।

वडा अध्यक्ष चेम्जोङले सच्याइदिनु भन्ने तर,सचिवले नटेर्ने भन्दै बजगाई दाजुभाईले सचिव भट्टराईमाथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्मदर्ता दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाईने कानुनी प्रावधान छ । तर, ९ वर्षअघिको काजगपत्र सच्याउन यतिवेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

आइतवार, जेठ २०, २०८१ | विविधा, समाज

सम्बन्धित खबर