२०८१ पौष २६, शुक्रवार , ०९:३८:०४ बजे

Sajhamanch
'

वैवाहिक वर्षगाँठमा गिरी दम्पतीले दिए बस्नेतलाई ह्विल चियर

आइतवार, जेठ २०, २०८१

चारपाने । अर्जुनधारा–५ स्थित फुलबारीका समाजसेवी राजु गिरी र मिनादेवी गिरीले आफ्नो वैवाहिक वर्षगाँठ सामाजिक कार्य गरेर मनाएका छन् ।

दुर्घटनामा परेर अपाङ्ग बन्न पुगेका असहायलाई सहयोग गरेर उनीहरुले आफ्नो विवाहउत्सव मनाएका हुन् ।

गिरी दम्पतीले अर्जुनधारा–४ टोल नं. २३ का अन्दाजी ३५ वर्षीय लक्ष्मण बस्नेतलाई ह्विल चियर वितरण गरेका छन् ।

उनीहरुले दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष अर्जुन बस्नेत र कार्यालय सचिव युवराज खड्कामार्फत बस्नेतलाई ह्विल चियर प्रदान गरेका हुन् ।

सहारा नेपालका लेखा अधिकृतसमेत रहेका राजु गिरीले जन्मोत्सव तथा वैवाहिक वर्षगाँठमा गरिने फजुल खर्च कटाएर दीनदुःखीलाई सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन् ।

भारतको दिल्लीमा भएको दुर्घटनामा सँगैको साथी गुमाएका लक्ष्मण बस्नेत हातखुट्टा भाँचिएर अहिले हिंड्डुल गर्न नसक्ने अवस्थामा छन् ।

हिंड्डुल गर्न सहज होस भन्ने उद्देश्यले गिरी दम्पतीले उनलाई ह्विल चियर वितरण गरिएको बताए ।

आफ्नो परिवारका सदस्यहरुको जन्मदिन तथा वैवाहिक वर्षगाँठमा गिरी दम्पतीले असहाय तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खबर