२०८१ माघ ३०, बुधवार , १०:१०:०६ बजे

Sajhamanch
'

एमाले संसदीय दलको बैठक बस्दै

शनिवार, जेठ १९, २०८१

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ः३० बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदै छ

सम्बन्धित खबर