२०८१ माघ १३, आइतवार , ०२:४३:५४ बजे

Sajhamanch
'

मुलुकले गणतन्त्रमा कोल्टे फेर्यो, जनजीवन अपेक्षाकृत फेरिएनः मन्त्री एकराज कार्की

बिहिवार, जेठ १७, २०८१

मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले मुलुकले पञ्चायतबाट गणतन्त्रमा कोल्टे फेर्दासमेत त्यसको अपेक्षाकृत प्रभाव जनतामा नपरेको बताएका छन् ।

मेची कमर्स एण्ड ट्रेड प्रालिले बुधवार गरेको ब्राभो टेलिभिजनको लक्की ड्र कार्यक्रममा मन्त्री कार्कीले भने, ‘व्यवस्था मात्रै परिवर्तन भयो, अवस्था अझै उस्तै झैं छ ।’

स्वदेशी वस्तुको उत्पादन र उपयोगमा सरकारले जोड दिँदै आएको उल्लेख गर्दै उनले थपे, ‘राज्यलाई कर तिरेर स्वदेशमै उत्पादन बढाउनुपर्छ, उपभोग गर्नुपर्छ, यसो गरे विदेश पलायन हुने पुँजी रोकिन्छ ।’

कार्यक्रममा कम्पनीले दोस्रो लक्की ड्रको स्किम अनुसार विजेता ग्राहकहरुलाई ब्राभोको टेलिभिजन, वासिङमेशिन, फ्रिज, बुलेट बाइक, स्कूटर, एसी, क्रेक लगायत इलेक्ट्रोनिक सामान उपलब्ध गराउने घोषणा गरेको थियो ।

लक्की ड्र प्रत्येक महिनामा हुने सो अवसरमा जानकारी गराइयो ।

मेचीनगर–८ स्थित होटल मेची क्राउनमा आयोजित कार्यक्रममा हास्य कलाकारहरु सुवोध गौतम र भरतमणि पौडेलले कम्पनीका सञ्चालक, डिलर र ग्राहकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

उक्त प्रालिका झापा संयोजक शिवराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक भरत ढकालले शाब्दिक स्वागत र सञ्चालन राधिका कँडेलले गरेकी थिइन् ।

सम्बन्धित खबर