२०८१ माघ १२, शनिवार , १०:३९:५५ बजे

Sajhamanch
'

रक्तदान कार्यक्रममा ३३ जनाले दिए रगत

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जिल्लामा रगतको अभाव बढ्न थालेकाले त्यसको व्यवस्थापन गर्न कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

लेडी जेसीजकी महासचिव मुना ढुंगेलका अनुसार जिल्ला प्रहरी प्रमुख मिलन केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० महिलासहित ३३ जनाले रगत दिएका छन् ।

सो अवसरमा अर्जुनधारा–६ का वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट, प्रहरी निरीक्षक ढुण्डीराज गिरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका पूर्वअध्यक्ष सजेश शिवाकोटी, संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्वअध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौला, पूर्वअध्यक्षहरु पार्वता विमली र राधा सुब्बा, निवर्तमान अध्यक्ष संगीता गिरी लगायतको आतिथ्यता थियो ।

अस्मिता राईले आस्था वाचन गरेको कार्यक्रममा प्रियंका उप्रेतीले मिसन भिजन प्रस्तुत गरेकी थिइन् । चन्द्रकला रिजालको संयोजकत्वमा आयोजित कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले गरेको थियो ।

सम्बन्धित खबर