२०८१ माघ १२, शनिवार , ११:४५:११ बजे

Sajhamanch
'

लायन्स लेडीले दिए नेत्रहीनलाई आँखा, नेत्रहीनले पाए सेतो छडी र ब्रेल पेपर

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडले नेत्रहीनका लागि आँखा दान गरेका छन् ।

लायन्स लेडी बिर्तामोडका पदाधिकारी र सदस्यहरुले बुधवार (आज) बिर्ताबजारस्थित झापा नेत्रहीन संघको कार्यालयमा कार्यक्रम गरेर नेत्रहीनलाई आफ्नो आँखा दिएका हुन् ।

लायन्स लेडी बिर्तामोडकी अध्यक्ष अन्जु खड्का, जोन चियर पर्सन पार्वता गिरी, प्रथम उपाध्यक्ष मन्जु उप्रेती, द्वितीय उपाध्यक्ष मीरा खड्का, तृतीय उपाध्यक्ष यशोदा उप्रेती, सचिव सरु भूर्तेल (खनाल), लायन्स लेडीहरु पुनम घिमिरे र उनकी सासु आमा पवित्रा घिमिरे, लीला दंगाल, लक्ष्मी आचार्य, शिला भट्टराई, गोमा खड्का लगायतले आँखा दान गरेका छन् ।

आफ्नो मृत्युपछि नेत्रहीनलाई आँखा दिने निधो गरिएको उनीहरुले बताए । सोही कार्यक्रममा नेत्रहीनलाई सहारा नेपाल साकोसले उपलब्ध गराएको सेतो छडी वितरण गरियो भने लायन्स लेडीले ब्रेल पेपरसमेत वितरण गरेको थियो ।

सहारा नेपाल साकोसका ज्येष्ठ सदस्य, लायन्सका प्रतिनिधि लगायतले नेत्रहीनलाई २० वटा सेतो छडी र ब्रेल पेपर वितरण गरेका हुन् ।

लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष अन्जु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लीला चिमरियाको प्रमुख आतिथ्य थियो ।

तृतीय उपाध्यक्ष यशोदा उप्रेतीले झण्डा अभिवादन गरेको कार्यक्रममा सहभागीलाई शाब्दिक स्वागत प्रथम उपाध्यक्ष मन्जु उप्रेतीले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि चिमरिया, सहारा नेपाल साकोसका ज्येष्ठ सदस्य तथा प्रतिनिधि मुकुन्द ढुंगाना, मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोरा, आँखा नानी संकलन केन्द्रका इन्चार्ज पुण्यप्रसाद अधिकारी, झापा नेत्रहीन संघका अध्यक्ष होमनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लायन्स लेडी पार्वता गिरी, लायन्स डिस्ट्रिक्ट चीफ सत्यनारायण शर्मा, झापा नेत्रहीन संघका उपाध्यक्ष उत्तम खतिवडा लगायतको आतिथ्यता थियो ।

सो कार्यक्रमको सञ्चालन लायन्स लेडी बिर्तामोडकी सचिव सरु भूर्तेल (खनाल) ले गरेकी थिइन् ।

सम्बन्धित खबर