![](https://sajhamanch.com/wp-content/uploads/2024/05/gold-1.webp)
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।
अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।