२०८१ फागुन १, बिहिवार , १२:५५:२३ बजे

Sajhamanch
'

नारायणराज प्रोडक्सनद्धारा उत्पादित पराग पान मसलाभित्र तामाको तार !

बुधवार, जेठ १६, २०८१

बिर्तामोड। झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ ।

बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबार बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।

घिमिरेले भने, ‘हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म बान्ता भइसकेको उनले बताए ।

सम्बन्धित खबर