मेचीनगर । १७ औं गणतन्त्र दिवशको सन्दर्भ पारेर नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले १५० परिवारलाई झुल वितरण गरेको छ ।
माओवादी मेचीनगर र वडा नम्बर ७ ले मंगलवार एक कार्यक्रम आयोजना गरी मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानका श्रमिकलाई झुल वितरण गरेको हो ।
मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानको गोमनसरीस्थित खान्द्रु टोल, नमुना टोल र चिया बगान १२ नम्बर इकाईमा झुल वितरण गरिएको बताइएको छ ।
जनताको दुःख सुखमा साथ र सहयोग गर्दै उनीहरुलाई पार्टीसँग जोड्ने उद्देश्यले झुल वितरण गरिएको सो पार्टीका नगर अध्यक्ष राजन चिमरियाले बताए ।
उक्त कार्यक्रममा नगर अध्यक्ष चिमरिया, उपाध्यक्ष बद्रीनाथ फुयाँल, सचिव ज्ञानेन्द्र घिमिरे, कोषाध्यक्ष दिनेश ओली, पार्टीको मेचीनगर–७ का अध्यक्ष कृतिनिधि गौतम, ६ का अध्यक्ष ध्रुव गिरी लगायतको उपस्थिति थियो ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय चिमरियाले गत वैशाख २७ गते २१ औं बैवाहिक वर्षगाँठको अवसर पारेर नगरका १५ वटै वडामा प्रतिवडा १०० का दरले झुल बाँड्ने घोषणा गरेका थिए ।
सोही अभियान अन्तर्गत नगर र वडा पार्टीसँग सहकार्य गरेर झुल वितरण गरिएको उनले बताए ।