२०८१ फागुन १, बिहिवार , ०३:४८:२० बजे

Sajhamanch
'

झापामा हावाहुरीका कारण क्षति

बुधवार, जेठ १६, २०८१

झापा । झापामा गएराति आएको हावाहुरीका कारण क्षति पुगेको छ । हावाहुरीले केही घरहरू उडाएको छ भने बिजुलीका पोल र रुखहरू ढलेका छन् । बिजुलीको पोल ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

त्यस्तै मकै , तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ । पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले क्षति गरेको बताइएको छ ।राति चट्याङसहित हावाहुरी चले पनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी प्राप्त आई नसकेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

सम्बन्धित खबर