२०८१ माघ २८, सोमवार , ०६:१४:३५ बजे

Sajhamanch
'

२ लाख जनामा एचआइभी परीक्षण गरिएकोमा १५०० भन्दा बढीलाई संक्रमण पुष्टि

सोमवार, जेठ १४, २०८१

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १५००  जनामा एचआईभी एड्स संक्रमण पुष्टि भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० /०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ।

यो चालु आर्थिक वर्षको फागुनसम्मको आकडा हो ।सो अवधिमा ३५ हजार ४३ एचआईभी संक्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ।

गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम ९पीएमटी सिटी० कार्यक्रममा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो।