२०८१ माघ १३, आइतवार , ०२:२२:४८ बजे

Sajhamanch
'

साझामञ्चकर्मी शिवाकोटी रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

आइतवार, जेठ १३, २०८१

बिर्तामोड । साझामञ्चकर्मी सञ्जु शिवाकोटी रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवशको सन्दर्भ पारेर प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनी सम्मानित भएकी हुन् । त्यसैगरी, टंकप्रसाद–रमादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मी लुईंटेललाई सम्मान गरिएको छ ।

उनीहरुलाई सम्मानपत्र, दोसल्ला र नगदराशी जनही ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उक्त पुरस्कार टंकप्रसाद र रमादेवी पाठकका छोराबुहारी यज्ञप्रसाद–सकुन्तला पाठक र कृष्णकुमार–टिकादेवी संग्रौलाले दुई वर्षअघि प्रेस युनियन झापामा स्थापना गरेका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपालको लोकतान्त्रिक आन्दोलन, जनमतसंग्रह, सत्याग्रह, जनआन्दोलन–२०४६/०४७ र दोस्रो लोकतान्त्रिक आन्दोलन सफल पार्न पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले आइएफजेबाट मान्यताप्राप्त पहिलो संगठन प्रेस युनियनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कहिल्यै सम्झौता नगर्ने बताए ।

सो अवसरमा प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघका निवर्तमान अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भुजित दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, सञ्चारिका समूह झापा अध्यक्ष लिला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाल पत्रकार महासंघको नजिकिँदो निर्वाचनमा नेतृत्व चयन गर्दा सहमति, सहकार्य र एकताको नीतिलाई अंगिकार गरेर सहमतिमै नेतृत्व चयनमा भूमिका निर्वाह गर्न प्रेस युनियनलाई आग्रह गरेका थिए ।

विगतको तुलनामा सूचनाको पहुँच पत्रकार र नागरिक सँगसँगै रहेको बताउँदै नागरिक पत्रकारिताले उछिन्ने चिन्ता रहेकाले पत्रकारिताको ट्रेन परिवर्तन जरुरी रहेको वक्ताहरुको धारणा थियो ।

प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष इन्दू पूर्वेली र सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।

सम्बन्धित खबर