२०८१ फागुन १, बिहिवार , ०१:४१:५८ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा परी एक बालकको मृत्यु

आइतवार, जेठ १३, २०८१

झापा । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल करम खोलाको पुलदेखि अन्दाजी ८ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय पुष्प बस्नेत र मोटरसाइकलमा पछाडि उनका ७ वर्षीय छोरा अनुभव बस्नेत घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि घोपा धरान पठाइएकोमा उपचारको क्रममा अनुभव बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सम्बन्धित खबर