२०८१ माघ १२, शनिवार , ०६:५३:४७ बजे

Sajhamanch
'

झापा मालपोतबाट १० महिनामा उठ्यो झन्डै ६४ करोड राजस्व

आइतवार, जेठ १३, २०८१

भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिने अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख मसान्तसम्ममा मालपोत कार्यालय भद्रपुरले उक्त राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सेवा करबापत ५ करोड ९२ लाख ३४ हजार ३८४, रजिस्ट्रेशन दस्तुरबापत ३९ करोड १७ लाख ८७ हजार १०५, छूटबापत ५ करोड १० लाख ५४ हजार १०४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयप्रमुख शेरबहादुर भण्डारीले बताए ।

उनका अनुसार डोर सुविधा शुल्कबापत १ लाख ६५ हजार, पुँजीगत लाभकरबापत २३ करोड ६६ लाख ७३ हजार ८३० र बिलम्व शुल्कबापत ९५ हजार ५०६ रुपैयाँ संकलन भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मालपोत कार्यालय भद्रपुरले ४३ करोड २० लाख ९२ हजार ६१५ रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यो वर्ष सस्तो भाउमा जग्गाको धेरै कारोबार भएकाले राजस्व बढेको बताइएको छ ।