२०८१ पौष २५, बिहिवार , ११:५९:३७ बजे

Sajhamanch
'

जन्मदिनमा समाजसेवी भट्टराईले गरे दुई विपन्न परिवारलाई सहयोग

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध युवा व्यवसायी उनले बिहीवार आमा गुमाएका बालबालिकाको घर बनाउन नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

व्यवसायी भट्टराई, उनकी आमा मायादेवी भट्टराई, बहिनी शान्ता विष्ट लगायतले संयुक्तरुपमा उक्त सहयोग रकम घर निर्माण समितिका संयोजक सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई प्रदान गरेका छन् ।

ती बालबालिकाहरु मेचीनगर–१२ स्थित खोलाको बगरमा रहेको पानी चुहिने झुपडीमा बस्दै आएका थिए । सञ्चारकर्मी घिमिरेको पहलमा बगरको दश धुर ऐलानी जग्गामा उनीहरुका लागि पक्की घर बनाउन शुरु गरिएको छ ।

झन्डै एक महिनाअघि ती बालबालिकाकी आमा पदमा भूजेलको ४८ वर्षको उमेरमा निधन भएको थियो ।

त्यसैगरी, भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड–७ स्थित बाह्रघरेका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

उनले अशक्त बुद्धराज चौधरी र सुत्केरी देवकी चौधरीलाई उनीहरुको घरमै पुगेर सहयोग गरेका हुन् । भट्टराई परिवारले उनीहरुलाई चामल, दाल, चना, तेल लगायत सामग्री र नगद प्रदान गरका थिए ।

शुक्रवार, जेठ ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर