भद्रपुर । उभौली पर्वको अवसर पारेर कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामुहिक गोठधुप तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
प्रतिष्ठानका नगर अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा भएको गोठधुपमा दुई जना ज्येष्ठ बन्धुलाई सम्मान गरिएको हो ।
भद्रपुर–९ स्थित अमरबहादुर अधिकारीको घरमा भएको कार्यक्रममा ज्येष्ठ बन्धु कृष्णबहादुर अधिकारी र रामकुमारी अधिकारी सम्मानीत भएका हुन् ।
नगर समितिका उपाध्यक्ष यमनाथ अधिकारीले शाब्दिक स्वागत गरेको कार्यक्रममा केन्द्रीय महासचिव चिरञ्जीवि अधिकारी, कोषाध्यक्ष निमेश अधिकारी, संस्थापक अध्यक्ष ख्यामराज अधिकारी, जग्गादाता रेखा अधिकारी लगायतले मन्तव्य राख्दै बन्धु एकतामा जोड दिएका थिए ।
नगर सचिव भीम अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा नगरको गतिविधि र आगामी रणनीतिबारे अध्यक्ष देवीप्रसाद अधिकारीले प्रष्ट्याएका थिए ।