२०८१ फागुन १, बिहिवार , ०१:३९:४५ बजे

Sajhamanch
'

तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८०० रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८०० रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रवार, जेठ ११, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर