प्रकाशित मितिः २०८१/०१/२५
जिल्ला झापा मेचीनगर–६ बस्ने श्री श्यामनाथ बञ्जरा (सदस्य नं. ०१०३८३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल चैत्र २३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका छोरा लोकनाथ बञ्जराले आफ्नो बुबाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल वैशाख २३ गते निवेदन दिई हकदावी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी काँकरभिट्टा कार्यालय