२०८१ माघ ५, शनिवार , ०८:४९:१२ बजे

Sajhamanch
'

शिवसताक्षीमा झोला बनाउने तालिम प्रभावकारी, सहभागीद्वारा ९ किसिमका झोला निर्माण

बुधवार, जेठ ९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा झोला बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षीको वडा नं. ७ को कार्यालयमा गएको २०८० चैत्र २५ गतेबाट सञ्चालित तालिमको आज समापन गरिएको हो ।

शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोग र गोपाल गौरी दिगो विकास प्रतिष्ठान शिवसताक्षीको आयोजनामा उक्त तालिम दिइएको हो ।

तालिमा स्कुल व्याग, जेन्स तथा लेडिज ट्राभल्स व्याग, साइड व्याग, मोबाइल पर्स, कलेज व्याग, ढाकाको हाते व्याग, मेकअप व्याग लगायत १६४ थान व्याग निर्माण गरिएको थियो ।

वडा नं. ७ का महिला दिदी बहिनीहरुलाई स्वाभलम्बी बनाउन तालिम दिइएको उपप्रमुख नरमाया कार्कीले बताइन् । तालिममा १५ जना महिलाहरुले सहभागिता जनाएका थिए । उपप्रमुख कार्कीले महिला दिदीबहिनीहरुले समूह बनाएर स्कुल व्याग, झोला लगायतका सामाग्रीहरु उत्पादन गरेर बजारीकरण गर्न सुझाइन् ।

उनले भनिन् शिवसताक्षी नगरपालिकामा ३५ ओटा सामुदायिक र अन्य संस्थागत विद्यालयहरु छन् । स्कुल व्याग निर्माण गरेर उक्त विद्यालयहरुमा समन्वय गरी काम गर्न सके बजारीकरण समस्या कम हुने छ ।

त्यस्तै शिवसताक्षी नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङले महिला लक्षित कार्यक्रम उपप्रमुखको पहलमा गरिएको जानकारी दिए । महिलाहरुका सीप प्रदान गरेर उनीहरुको जीवको पार्जन सहयोग पु¥याउदै आय आर्जनमा बृद्धि गर्ने नगरपालिकाले सँधै महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्दै आएको छ । उनले भने, तपाईहरुले यसको भरपुर सदुपयोग गरी आज आर्जनमा बृद्धि गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौ ।

त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य गोमा रिजालले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहज भएको बताइन् । तालिममा सहभागी अधिकांश महिलाहरुले झोला बनाउने कच्चा पदार्थ र निर्माण गरिएका सामाग्रीहरुको बजारीकरणमा समस्या रहेको गुनासो गरेका थिए । महिलाहरुले झोला उत्पादन सुरु गरे वडाले पनि सहयोग प्रदान गर्ने वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गले बताए ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गोमा रिजाल, वडा सदस्य पुजा नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानले तालिमका क्रममा निर्माण गरिएका व्याग तथा झोलाहरु शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुली, वडा सचिव धनराज इम्बुङ, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रिय अध्यक्ष इन्दिरा गौतम लगायतको उपस्थिति रहेको थियो ।

बुधवार, जेठ ९, २०८१ | समाज

सम्बन्धित खबर