![](https://sajhamanch.com/wp-content/uploads/2024/05/1-1-scaled.webp)
काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनस् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।
नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण हुने बताइएको छ । विकसित देशले गरेको उच्च कार्बन उत्सर्जनको परिणामस्वरूप नेपालका हिमालमा हिमस्खलन बढेको छ । हिउँ पग्लेर बगेको पानी समुद्रमा पुग्दा त्यसको सतह बढेर बङ्गलादेश, माल्दिभ्सलगायतका टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।