२०८१ फागुन ७, बुधवार , ०४:४०:२८ बजे

Sajhamanch
'

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदै

बुधवार, जेठ ९, २०८१

काठमाडौं । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक जाने भएको छ ।

यही जेठ ११ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३ दशमलव पाँच केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी महिला ५४ केजीमा अन्जनी तेलीले प्रतिस्पर्धा गर्नेछिन् । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

सम्बन्धित खबर