२०८१ मंसिर १, शनिवार , ०३:५३:५८ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो अवैध सामान सीमा कटाउन लागेको ‘पिकअप भ्यान’

मङ्गलवार, जेठ ८, २०८१

इलाम । पिकअप भ्यानमा ढुवानी गरी भारत भित्र्याउन लागिएको ६ लाख १८ हजार ३ सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल–भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट सीमाना पार गर्न लागेको पिकअप भ्यानसहित लत्ताकपडा र खाद्यान्न बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअप भ्यानसहित अवैध सामान बरामद गरिएको जनाएको छ । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।

पिकअप भ्यानमा बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला ढुवानी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको उक्त सवारीको मूल्य रु ७ लाख र सामग्रीको मूल्य ६ लाख १८ हजार ३ सय रुपैयाँ कायम गरिएको बताइएको छ ।

मङ्गलवार, जेठ ८, २०८१ | अपराध, समाज

सम्बन्धित खबर