२०८१ पौष २५, बिहिवार , ०९:३५:०३ बजे

Sajhamanch
'

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

सोमवार, जेठ ७, २०८१

सुनसरी। सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराईको उपस्थितिमा एक कार्यक्रमकाबीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी, इटहरी नगरपालिका–७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रति परिवारका दरले २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बण्डल जस्ता पाता, १ सेट डिग्निटी कीट, १ सेट झुल, भान्सा सामग्री र डसना सेट वितरण गरिएको हो ।

यसैगरी, इटहरी नगरपालिका वडा नं. ७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गरेकी छन् ।

खड्काको परिवारलाई सहयोगस्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा र गिट्टी लगायत सामग्री सहयोग गरिएको हो । इटहरी–७ का वडा सदस्य दिपक घिमिरेले सहयोगको व्यवस्थापन गरेका थिए ।

गत वैशाख २१ गते घरमा कोही नभएको बेला दिउँसो विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करीब ११ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

सम्बन्धित खबर