२०८२ कार्तिक १९, मङ्गलवार , १०:३६:४० बजे

Sajhamanch
'

अपाङ्गता भएका सबैको स्वास्थ्य बीमा गर्ने तयारीमा छौंः मन्त्री चौधरी

सोमवार, जेठ ७, २०८१

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गर्ने तयारी भएको बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट संकलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा उल्लेख्य काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै मन्त्री चौधरीले राज्यले अन्तर्राष्ट्रियस्तरमा गरेका विभिन्न सन्धी सम्झौताहरूको कार्यान्वयनका लागि प्रक्रिया अघि बढिरहेको बताइन् ।

“हामी आफैंले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष निगरानीसहित काम अगाडि बढाइरहेका छौं”, उनले भनिन्, “देशभर अपाङ्गता भएका सबै व्यक्तिहरूका लागि निःशुुल्क स्वास्थ्य बीमा गराउने लक्ष्य लिएका छौं ।”

‘त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भनेर पहल गर्दै छौं, स्थानीय निकायले सहयोग गरे यी सबै यसैपालि सहयोग गर्न सकिन्छ, स्थानीय निकायको निजी आयस्रोत पनि छ ।’, मन्त्री चौधरीले भनिन् ।

सम्बन्धित खबर