झापा । सङ्खुवासभामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।