२०८१ पौष २६, शुक्रवार , ०८:३४:११ बजे

Sajhamanch
'

नक्कली लेबलिङ गरेर कम्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

आइतवार, जेठ ६, २०८१

काठमाडौं । नक्कली लेवलिङ गरेर कम्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्युटरको लोगो सादा कम्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

डेलको नक्कली लोगो राखेर उमेश मुडवरीलाई बेच्न लागेको समेत पाइएको प्रहरीले जनाएको छ । डेल कम्पनकिो लागोसहितको मनिटर १० काटुन (५० थान), लोगो बिनाको ३७ काटुन (१८५ थान) गरी २३५ थान बरामद गरिएको छ ।

उमेश मुडवरीबाट कम्पनीको लागोसहितको मनिटर ६ थान समेत बरामद भएको छ । जम्मा २८६ थान मनिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

आइतवार, जेठ ६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर