
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा जामुनखाडी सिमसार क्षेत्रमा शनिबार आयोजना गरेको मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ ।
संघीयतामा सञ्चार नीति, नियत र नियति विषयमा भएको मिडिया सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको हो ।
१) सञ्चार नीतिमा उल्लेख भएअनुसार विकेन्द्रीत नीतिलाई कार्यान्वय गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
२) यो सम्मेलन श्रमजीवि पत्रकारिता ऐन पूर्ण कार्यान्वनको माग गर्दछ ।
३) संघीयतालाई कार्यान्वय गर्ने सन्दर्भमा बढ्दै गएको विकृति र गिर्दो आचरणलाई सुधार गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
४) प्रविधिको बढ्दो विकाससँगै धरासायी बन्दै गएको पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्य पक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
५) सञ्चार नीतिमा उल्लेख भएको लैंगिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी नीति गत समावेशीतालाई स्थानीय तहसम्म कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
६) लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन यो सम्मेलन माग गर्दछ ।
७) आम सञ्चार र पत्रकारिता क्षेत्रलाई विषय बनाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यसै क्षेत्रमा क्रियाशील बनाउने वातावरण सिर्जना गरी सञ्चार क्षेत्रमा आकर्षित गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
८) पत्रकार महिलाको पेशागत तथा भौतिक सुरक्षाका लागि विशेष प्याकेजको प्रबन्ध गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
९) सञ्चार माध्यमको दर्ता, वर्गीकरण, विज्ञापन नीति, संघीय, प्रादेशिक र स्थानीय तहको अलग–अलग ऐन तत्काल ल्याउन र कार्यान्वयनका लागि यो सम्मेलन जोडदार माग गर्दछ ।
१०) कनकाई नगरसहित समग्र झापाका पर्यटकीय क्षेत्रको प्रबद्र्धनसँगै पर्यटन पत्रकारितालाई जोड्न गर्न यो सम्मेलन माग गर्दछ ।