२०८१ कार्तिक २, शुक्रवार , १२:४४:५० बजे

Sajhamanch
'

मेयर कपको भलिबलको उपाधि वडा नं. ७ र व्याडमिन्टनको उपाधि वडा नंं ९ को पोल्टामा

शुक्रवार, जेठ ४, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपको भलिबल तर्फको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ०७ ले उचालेको छ ।

शिवसताक्षी ११ लाई ३– ० को साझो सेटमा हराउँदै वडा नं. ७ ले उपाधि हात पारेको हो ।

मेयर कपको कराँते विधा तर्फ वडा नं. १० ले फाइनलमा जित हासिल गरेको छ । वडा १० ले ८ गोल्ड, ३ शिल्भर र १० कास्य पदक सहित फाइनल खेलमा जीत हासिल गरेको हो । त्यस्तै कराँतेतर्फ वडा नं. ८ले द्वितीय स्थान हासिल गरेको छ । वडा नं. ८ ले ७ गोल्ड, १० शिल्भर,७ रजत पदक हासिल गरेको छ । त्यस्तै तृतीय हुने वडा नं. ७ ले ३ गोल्ड पदक हासिल गरेको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ ।

त्यस्तै व्याडमिन्टन खेलतर्फ शिवसताक्षी ९ ले उपाधि हात पारेको छ । शिवसताक्षी ११ लाई हराउँदै ९ ले उपाधि हात पारेको हो । व्याडमिन्टन सिङगल खेलको फाइलन शनिबार दूधे स्थित जेसीज कभर्ड हलमा हुने छ ।

सवै खेलका विजेता तथा उपविजेता टिमलाई शनिबार झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठान खेल मैदानमा हुने फुटबलको फाइनल खेलमा वितरण गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शुक्रवार, जेठ ४, २०८१ | खेलकुद

सम्बन्धित खबर