२०८१ फागुन १०, शनिवार , १२:१०:५३ बजे

Sajhamanch
'

झापामा मानव–हात्ती द्वन्द्व कम गर्न वन कार्यालयले किन्यो ड्रोन

शुक्रवार, जेठ ४, २०८१

बिर्तामोड। मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ ।

बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख रुपैयाँमा ड्रोन खरिद गरिएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

करिब आठ किलो तौल भएको यो ड्रोनले चार सय मिटर वरपरको दृश्य कैद गर्नुका साथै साढे चार किलोग्राम तौल उचाल्न सक्ने कार्यालयले जनाएको छ ।

ड्रोनकै मद्दतबाट भविष्यमा बीऊलाई माथिबाट छर्न प्रयोग गर्न सकिने सोच राखिएको छ । ड्रोनले एकपटकमा आधा घण्टासम्म उडान भर्न सक्छ ।

सम्बन्धित खबर