२०८१ साउन १२, शनिवार , ०८:१४:४९ बजे

Sajhamanch
'

शिवसताक्षीमा जारी मेयर कपः फुटबल खेलतर्फ वडा नं. ११ र ९ सेमीमा प्रवेश

बुधवार, जेठ २, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी जारी मेयर कप अन्तर्गत बुधबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् ।

आजको फुटबल तर्फ पहिलो खेलमा वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै ९ सेमी फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ७ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् ।

त्यस्तै आज भएको दोस्रो खेलबाट शिवसताक्षी ११ सेमी फाइलनमा प्रवेश गरेको छ । वडा नं. १० लाई ट्राइवेकरमा ४–३ गोलअन्तरले हराउँदै वडा नं ११ सेमी फाइलनमा प्रवेस गरेको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । खेलको म्यान आफदी म्याच वडा नं. ११ का आकाश पौडेल घोषित भएका छन् ।

त्यसैगरी भलिबलतर्फ पहिलो खेलमा वडा नं. ७ फाइलनमा प्रवेश गरेको छ । वडा नं. ७ लाइ हराउँदै वडा नंं ७ फाइलनमा प्रवेस गरेको हो । दोस्रोे खेलबाट वडा नं. ११ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ९ लाई हराउँदै वडा नं. ११ फाइनलमा प्रवेश गरेको हो । भोली विहीबार भलिबल तर्फको पाइनल खेल वडा नं. ७ र ११ बीच हुने छ ।

त्यस्तै आजै भएको क्रिकेट प्रतियोगितामा वडा नं. ५ लाई हराउँदै वडा नं. ७ विजयी भएको छ । वडा खेलको म्यान अफदी म्याच वडा नं. ७ का खेलाडी गोपाल नेपाल घोषित भए । उनले ४३ बलमा ९८ रन बनाएका थिए ।

त्यसैगरी दोस्रो खेलमा वडा नं. ४ विजयी भएको छ । वडा नं. १ लाई हराउँदै वडा नं. ४ विजयी भएको आयोजकले जनाएको छ । खेलको म्यान आफदी म्याच वडा नं. ४ का खेलाडी सन्देश श्रेष्ठ घोषित भएका छन् । उनले ५ बलमा १३० रन बनाएका थिए । भोलीबाट क्रिकेट तर्पmको दोस्रो चरणको खेल हुने छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ७० हजार, द्वितीयले ५० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार, क्रिकेट खेल तर्फ प्रथमले ५० हजार र, द्वितीयले ३० हजार र व्याडमिन्ट डबलतर्फ प्रथम १० हजार, द्वितीयले ६ हजार र सिंगल तर्फ प्रथम ५ हजार र द्वितीयले ३ हजार सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी खेलकुद विकास समितिले जनाएको छ।

बुधवार, जेठ २, २०८१ | खेलकुद