२०८१ साउन १२, शनिवार , ०५:०८:०६ बजे

Sajhamanch
'

दमकबाट ३० पोका ब्राउनसुगरसहित चार जना पक्राउ

बुधवार, जेठ २, २०८१

झापा। झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।

मंगलबार बेलुका दमक–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागुऔषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–२ का ४३ वर्षीय नेत्र थापा, २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमका २६ वर्षीय प्रकाश लिम्बु रहेका छन् ।

उनीहरुको साथबाट स–सानो प्लाष्टिकको पोकामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० पोका फेलापारी डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम रहेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर