२०८१ साउन १२, शनिवार , ०८:०५:२८ बजे

Sajhamanch
'

एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय गर्न सहुलियत कर्जा दिइने

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष एक हजार जना युवालाई ‘स्टार्टअप’ व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।

सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष कम्तीमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताउनुभएको हो । उहाँले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराउनुभयो ।

तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक संस्थाहरूसँग सहकार्य गरिने सरकारको नीति रहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

त्यस्तै आउँदो आर्थिक वर्ष कम्तीमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । लघु, घरेलु एवम् साना उद्योगीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गरिने भएको छ ।

सम्बन्धित खबर