२०८१ जेठ १५, मङ्गलवार , ०१:४७:४४ बजे

Sajhamanch
'

गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने सरकारको घोषणा

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा गरिब घरपरिवार पहिचानको काम सक्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घर परिवारको निशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गर्ने बताएका छन् ।