
झापा । झापाको कन्काई नगरपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ वर्षीया मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।