२०८१ साउन ११, शुक्रवार , ०३:४१:१५ बजे

Sajhamanch
'

एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग

सोमवार, वैशाख ३१, २०८१

दमक । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ ।

हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधि सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु भेटिरहेका छन् । दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने गरेको उनको भनाइ छ । योपटक ९० प्रतिशत पुर्याउने लक्ष्य भए पनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताए ।

सम्बन्धित खबर