२०८१ पौष २४, बुधवार , ११:२२:२६ बजे

Sajhamanch
'

पातञ्जल योग प्रशिक्षण समापनमा ज्येष्ठ सहभागी सम्मानित

आइतवार, वैशाख ३०, २०८१

अर्जुनधारा । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारासहित पातञ्जल योग समिति अर्जुनधाराले शुरु गरेको योग प्रशिक्षण समापन भएको छ ।

अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रममा शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुर, प्रशिक्षकद्वय पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकार र झापाका अध्यक्ष श्याम ल्वागुन, अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

आयोजक समितिका अध्यक्ष सुरेन शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षार्थीमध्येबाट कुमारी खरेल (शिवाकोटी) र खगेन्द्र शाहले तालिमबाट सिकेको अनुभव सुनाएका थिए ।

सो अवसरमा सहभागीमध्ये ज्येष्ठ किशोरकुमार तामाङ, खगेन्द्र बराल, पुण्यदेवी तिम्सिना र लावण्य भण्डारीलाई सम्मान गरियो ।

समितिकी उपाध्यक्ष चन्दा ढुङ्गेलका अनुसार सो प्रशिक्षणलाई सफलतापूर्वक सम्पन्न गर्न अर्जुनधारा ७ नं. वडा कार्यालयले नगद ३० हजार र अर्जुनधारा ८ नं. वडा कार्यालयले ४० जोडी पोशाक वितरण गरेको थियो ।

अर्जुनधारा जलेश्वरधामको सभाहलमा सञ्चालित एक महिने योग प्रशिक्षणमा ७० जनाले नियमितरुपमा सहभागिता जनाएका बताइएको छ ।

सम्बन्धित खबर