
झापा । झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका- ४ आदर्श बैँकेट अगाडी उत्तर दक्षिण सडक खण्डमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले शङ्कास्पद लागेर बिर्तामोड- ४ बस्ने २५ वर्षीय बिकूँ राजवंशीको शरीर खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोलभित्र स–साना पोकामा २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।